इलाम : केही साताअघि सरुवा भइ इलाम आएका जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले सुरक्षा अवस्था र प्रहरी इकाईको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् ।
उनले आज मानेभञ्ज्याङ इलाका प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै स्थानीयसँगसमेत अन्तरक्रिया गरेका छन् । प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिँदै उनले ‘प्रहरी शासक नभइ सेवक हुनुपर्ने’ सुझाए ।
‘कानुनको परिधिमा रहेर जनचाहाना बमोजिमको सुरक्षा प्रदान गर्नुपर्छ, सबै प्रहरी कर्मचारी अनुशासनमा रही व्यावसायिक प्रहरी कर्मचारीका रूपमा कार्य सम्पादन गर्नुपर्छ,’ उनले प्रहरीहरूलाई भने, ‘कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शून्य सहनशीलतामा कार्य गर्नुपर्छ, कुनैपनि घटना भए तत्काल रेस्पोन्स गरी अपराधमा सफल अनुसन्धान गर्नुपर्छ ।’
पूर्वी क्षेत्रको नेपाल–भारत खुला सीमाका कारण हुने विभिन्न आपराधिक गतिविधि, चोरी–तस्करी कडाईसाथ नियन्त्रण गर्न उनले निर्देशन दिए । उनले सीमा क्षेत्रको समेत अवलोकन गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij