हैदराबाद : दक्षिण भारतीय सुपरस्टार तथा तमिलनाडुका उपमुख्यमन्त्री पवन कल्याणले हालैको एक भाषणमा हिन्दी भाषाको विरोध गर्ने नेताहरूको आलोचना गरेका छन्। उनले तमिलनाडुका मानिसहरू हिन्दीको विरोध गरे पनि उनीहरू नै यहाँ हिन्दीमा चलचित्र डब गरेर बलिउडबाट पैसा कमाउने आरोप लगाए। उनको भनाइ दक्षिणमा हिन्दी भाषाको विरोधको विषयमा आएको हो।
यसको जवाफमा पवन कल्याणले आक्रोशित हुँदै लेखेका छन्, ‘जबरजस्ती कुनै भाषा थोपर्ने वा अन्धाधुन्ध भाषाको विरोध गर्ने, यी दुवै प्रवृत्तिहरू हाम्रो देश भारतको राष्ट्रिय र सांस्कृतिक एकताको आधारभूत उद्देश्य प्राप्त गर्न सहयोगी छैनन्। मैले कहिल्यै हिन्दी भाषाको विरोध गरेको छैन। मैले त सबैका लागि अनिवार्य बनाउने कुराको विरोध गरें। जब एनईपी-२०२० आफैंले हिन्दीलाई अनिवार्य रूपमा लागू गर्दैन, तब यसको कार्यान्वयनको बारेमा गलत बयान दिनु जनतालाई भ्रमित गर्नु बाहेक अरू केही होइन।
आजकल धेरै दक्षिण भारतीय राज्यहरूमा हिन्दी भाषाको विरोध भइरहेको छ। दक्षिणको क्षेत्रीय भाषाको प्रवर्द्धनसँगै हिन्दी र अंग्रेजीको विरोध पनि भइरहेको हो। हालै बजेट सत्रमा, रुपैयाँको प्रतीक दक्षिण भारतीय भाषामा चित्रण गरिएको थियो, जसले विवाद निम्त्याएको थियो।