Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

साझा यातायातले पाएन सीईओ, पुनः दरखास्त आह्वान

साझा यातायातले पाएन सीईओ, पुनः दरखास्त आह्वान

काठमाडौँ : साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ । पहिलोपटक खुलाइएको आवेदनमा कुनै पनि उम्मेदवार योग्य नदेखिएपछि दोस्रो पटकका लागि आवेदन आह्वान गरिएको हो । यसअघि साझाले पुस २९ गते सूचना प्रकाशन गरी सीईओ माग गरेको थियो ।

यसका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन लगायत विषयमा स्नातकोत्तर गरेका ३५ देखि ६३ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिनसक्ने उल्लेख गरिएको छ । साझाको सीईओ बन्न आवेदन दिने म्याद २१ दिन तोकिएको छ । यसका लागि उम्मेदवारले विस्तृत कार्ययोजना छुट्टै खाममा सिलबन्दी गरी बुझाउनुपर्ने र त्यसको सफ्ट कपि समेत पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

सीईओ बन्न कम्तीमा ५ करोड चुक्ता पुँजी भएको र कम्तीमा १० जना पूर्णकालीन कर्मचारी भएको पाँच वर्ष भन्दा पुरानो कम्पनीमा कार्यअनुभव भएको तथा राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थामा अधिकृतस्तरको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा दसौँ तहमा ७ वर्ष काम गरेको कार्यअनुभव हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट