Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

एसईईको तयारी पूरा, २ हजार ७९ परीक्षा केन्द्र तोकिए

एसईईको तयारी पूरा, २ हजार ७९ परीक्षा केन्द्र तोकिए

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जनाएको छ ।

आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने क्रममा रहेको बोर्डले जनाएको हो ।

पछिल्लो तथ्यांक अनुसार परीक्षामा समेल हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० कायम भएको छ ।

परीक्षाका लागि ५ लाख २२ हजारले फारम भरेका थिए । २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ ।

सुरक्षाको व्यवस्था केन्द्रमा जिल्ला स्थित सुरक्षा निकायले मिलाउने छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट