Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार

आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार

काठमाडौँ : लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से) आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७३६.४८ विन्दुमा पुगेको छ । आज बजारमा ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बजारमा १४६ कम्पनीको मूल्य बढेको छ । ८८ कम्पनीको मूल्य घटेको छ भने बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा पिपुल्स पाबर कम्पनी, प्रभु इन्स्योरेन्स र दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बजारमा आज माइक्रोफाइनान्स र विकास बैंकबाहेक सम्पूर्ण उपसूचक बढेका छन् । अन्य र लगानी समूहमा १ प्रतिशत भन्दा धेरै बढेको देखिन्छ । कारोबार रकमका आधारमा आज पनि माछापुच्छ्रे बैंकको प्रोमोटर शेयरको ८१ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ५६ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएको सेयर संख्याका आधारमा माछापुच्छ्रे बैंकको प्रोमोटर शेयर अगाडि रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij