Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ ।

बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै अमलेखगञ्जबाट बरिष्ठ सई टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij