Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण

लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण

काठमाडौं : सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक २८१८ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब १० करोडको भयो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १२ को स्थिर रह्यो ।

विकास बैंक सेक्टर सबैभन्दा धेरै १.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.०३, उत्पादन ०.२४, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.०६, लगानी ०.१४ तथा जीवन बीमा ०.८०, निर्जीवन बीमा ०.०४, अन्य ०.७१ तथा व्यापार ०.२४ प्रतिशत घटे ।

तीन कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जी, उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोपावरको ९.९१, महालक्ष्मी विकास बैंकको ७.८४ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij