Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे

रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे

कीभ : गए राति रुसले गरेको हवाई आक्रमणमा परेर युक्रेनको क्रिभी रिहस्थित एक होटलमा चार जनाको मृत्यु भएको छ । रुसले हानेको ब्यालिस्टिक मिसाइलले सहरको एउटा होटलमा लागेको थियो । सोही होटलमा अमेरिका र बेलायती स्वयंसेवक पनि रहेको तर उनीहरू भाग्यले बाँचेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भनाई छ ।

युक्रेनी भाषामा टेलिग्राम च्यानलमा लेख्दै जेलेन्स्कीले यस्तो बताएका हुन् । क्रिभी रिहमा रातभरि नै उद्धार कार्य चलेको उनले जानकारी दिए । आक्रमण हुनु केहीबेर अघि मात्रै होटलमा मानवीय संगठनका युक्रेन, अमेरिका र बेलायती स्वयंसेवक छिरेका थिए । होटलको कोठाबाट उनीहरू भाग्न सफल भएकोले उनीहरू बाँचेको तर यस आक्रमणमा अरू चार जनाको मृत्यु भएको जेलेन्स्कीले भनेका छन् ।

यस आक्रमणमा ३० जनाभन्दा धेरे घाइते भएको र सबैलाई आवश्यक सहायता उपलब्ध गराइएको पनि उनले बताए । मिसाइल लागेर होटल आसपास सर्वसाधारणका कयौँ सम्पत्तिमा क्षति पुगेको बताइएको छ । अहिलेसम्म पनि उद्धार कार्य जारी रहेको जेलेन्स्कीले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट