Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

भरतपुर : नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा जोखिम परीक्षण गरेर सञ्चालनमा ल्याएको जनाएको छ । जसले गर्दा नारायणी स्मार्ट एपको प्रयोग सुरक्षित, सहज र भरपर्दाे रहेको बैंकको भनाइ छ । मोबाइल बैंकिङ सेवाको सुरूवातसँगै बैंकका ग्राहकहरू डिजिटल बैंकिङ सेवाबाट लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकले चितवनको भरतपुर महानगरपालिका बाइपास रोडमा रहेको केन्द्रीय कार्यालय, चितवनको टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखा कार्यालयहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij