Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

आन्तरिक पर्यटन प्रर्वद्धन गर्दै लेखनाथ समुदायिक सेवा केन्द्र धम्पुसमा

आन्तरिक पर्यटन प्रर्वद्धन गर्दै लेखनाथ समुदायिक सेवा केन्द्र धम्पुसमा

लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उदेस्यले कास्कीको माछापुच्छ«े गाउपालिका वडा नं ७ को धम्पुस पुगेको छ ।

विदेश जानुभन्दा नेपालकै सुन्दर र आकर्षक पर्यटकीयस्थलको भ्रमण गरेमा भौगोलिक, सांस्कृतिक र जैविक विविधताका बारेमा जानकारी हाँसिलि भई देश चिन्ने अवसर प्राप्त हुने भएकाले सेवा केन्द्रले हरेक वर्ष विभिन्न ठाउको अध्यान अवलोक गरि त्यस ठाउमा आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउदै आएको र यस वर्ष पनि सोही प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिदै कास्कीको पर्यटकीय गाउँ धम्पुसको अध्यान अवलोकन गरि पर्यटन र शान्ति सुरक्षाका विषयमा अन्तरक्रिया संचालन गरेको हो ।

पोखराबाट एक÷डेड घण्टाको समयमा धम्पुसमा पुगी नजिकबाट माछापुच्छ«े र अन्नपुर्ण हिमश्रृखला नजिकवाट नियाल्न सकिने भएकाले पोखरा आउने जो कोही पर्यटन पनि धम्पुसमा जानका लागि सेवा केन्द्रले आग्रह गरेको छ ।

कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वड नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले कास्की पर्यटकीय हिसावले अब्वल ठाउ भएकाले यहाँ रहेका पहाडी भुभागमा सहज रुपमा यातायाताको ब्यवस्था गरि पोखरा आएका पर्यटकलाई महिनै दिनसम्म पनि घुमाउन मिल्न ठाउहरु रहेकाले त्यसको प्रचार प्रसार गरि पर्यटन प्रर्वद्धन गर्न सक्नु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा धम्पुस गाउ विकास समितिका पुर्व अध्यक्ष दल बहादुर गुरुङले यस क्षेत्रको हावा पानी र प्रकृतीक सन्दर्यताले पर्यटन आक्रषर्ण केन्द्र विन्दु वन्दै गएको र यहाँको चिसो मौसमले आगन्तुक पर्यटकलाई न्यानो माया दिने गरेको वताएका थिए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले ग्रामीण भेकमा हुन सक्ने विक्रिती र विसंगतीका विरुद्ध कास्कीका रहेका सातै वटा सामुदायिक सेवा केन्द्रको पहलमा शान्ती सुरक्षाको प्रत्याभुती गराउन सकिनेमा जोड दिएका थिए ।

लेखनाथ सामुदायिक सेवा केन्द्रकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सह सचिव कृष्ण रिजालले गरेका थिए भने धन्यवाद ज्ञापन अध्यन अवलोक भ्रमणका सह संयोजक गोविन्द वाग्लेले गरेका थिए ।

दुई दिनसम्म चलेको कार्यक्रममा विभिन्न राजनितीक पाटीका प्रतिनिधी,सुरक्षा निकाय, सातैवटा सेवा केन्द्रका प्रतिनिधी,जनप्रतिनिधी, सेवा केन्द्रका पदाधिकारी तथा सल्लाहकार र संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट