एजेन्सी : इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीय मारिएका छन्। मृत्यु हुने दक्षिण भारतीय केरलाका ४७ वर्षीया एनी थोमस गेब्रियल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको मृत्यु भएको मृतकका आफन्तले पुष्टि गरेका हुन् ।
गेब्रियलका परिवारका सदस्यहरूले मार्च १ मा भारतीय दूतावासबाट ग्याब्रियलको मृत्युको पुष्टि भएको आइतबार इमेल प्राप्त बताएका छन् ।'हामीले जोर्डनस्थित भारतीय दूतावासबाट उनको मृत्युबारे इमेल प्राप्त गर्यौं, तर त्यसपछि थप जानकारी प्राप्त भएको छैन,' गेब्रियलका आफन्तले भनेका छन्।
यो घटना फेब्रुअरी १० मा भएको हो, जब जोर्डन सेनाले सीमामा गोली चलाएको थियो। पारिवारिक स्रोतअनुसार गेब्रियलको साथमा एक नातेदार एडिसन पनि थिए, उनको भने खुट्टामा गोली लागेको र बाँच्न सफल भएका छन् ।
सीमा पार गर्न खोजिरहेका उनीहरूलाई जोर्डन सेनाले रोक्न खोज्दा भागेकाले गोली चलाइएको बताइएको छ। एडिसनलाई उपचारपछि भारत फर्काइएको थियो। एडिसन भारत फर्केर यसबारे बताएका हुन् । मृतकका आफन्तलाइ भारतीय दूतावासले आधिकारिक रूपमा मृत्युको जानकारी दिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij