Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

नेपाली मह पुग्छ युरोप, अमेरिका

नेपाली मह पुग्छ युरोप, अमेरिका

काठमाडौँ : नपाली मह युरोप, अमेरिका लगायत विकसित मुलुकमा पुगेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा विकसित मुलुकमा ३ करोड ०८ लाख ९० हजार रुपैयाँको मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

सो रकम बराबर ४ हजार ८२० किलो निर्यात भएको छ । जापानमा १३० किलो मह निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ नेपाललाई प्राप्त भएको छ । यस्तै, १ करोड ८० लाख १२ हजार रुपैयाँको ३ हजार ४ किलो मह अमेरिकामा निर्यात भएको छ । यस्तै, अष्ट्रेलिया, हङकङ लगायत मुलुकमा १ करोड २५ लाख ५८ हजार रुपैयाँ बराबरको १ हजार ७८६ किलो मह निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij