Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बंगलादेशका सेना प्रमुखले भने – देशको सार्वभौमिकता खतरामा छ

बंगलादेशका सेना प्रमुखले भने – देशको सार्वभौमिकता खतरामा छ

एजेन्सी : बंगलादेशका सेना प्रमुख जनरल वाकर -उज- जमानले देश खतरामा रहेको बताएका छन्।सेनाले आयोजना गरेको एउटा कार्यक्रममा बोल्दै सेनाप्रमुख जनरल जमानले सो कुरा बताएका हुन् । उनले बंगलादेशमा पछिल्लो समय भएका घटनाक्रमले देश खतरामा रहेको बताए।

त्यसकारण तत्काल राष्ट्रिय एकता र संस्थागत अनुशासन अपरिहार्य रहेको जनरल जमानको भनाई छ।बंगलादेशमा विद्यार्थीहरले सुरू गरेको देशव्यापी प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी थिइन्।अहिले उनी भारतको शरणमा छिन् भने बंगलादेशमा मोहम्मद युनुसको अन्तरिम सरकार छ।

हसिनाको बहिर्गमन र अन्तरिम सरकार गठनपछि बंगलादेश शान्त हुने अनुमान थियो। तर युनुस नेतृत्वको सरकार बनेपछि पनि त्यहाँ प्रदर्शनहरू भइरहेका छन्। फेब्रअरीदेखि त्यस्तो प्रदर्शनले अझै ठूलो रूप लिएको छ।

राष्ट्रिय एकता आवश्यक रहेको बेला आफू-आफू लड्ने र दोष एक अर्कालाई दिन खोज्दा बंगलादेशको भलो नचाहने र अहिलेको अवस्था नचाहेकाहरूका लागि अनुकूल परिस्थिति बन्ने खतरा रहेको पनि जनरल उज-जमानले बताए।उनले अहिले बंगलादेशमा अराजकता मौलाएको र त्यसलाई निस्तेज गर्न प्रहरी प्रशासन पनि कमजोर रहेको बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट