Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

हमासले फिर्ता गर्‍यो चार बन्धकको शव

हमासले फिर्ता गर्‍यो चार बन्धकको शव

एजेन्सी : हमासले फेरि चार बन्धकहरूको शव फिर्ता गरेको छ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव स्तान्तरण गरेको हो ।इजरायल र हमासबीच भएको सम्झौताको पहिलो चरण अन्तर्गतको यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान भएको जनाइएको छ ।

हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन। हमासले भने उनीहरूको नाम खुलासा गरेको छ।हमासका अनुसार शव पठाइएकोमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन्।७ अक्टोबर २०२३ मा हमासको आक्रमणको क्रममा उनीहरुलाई बन्धक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट