Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकी विमानस्थलमा यसरी टर्‍यो अर्को दुर्घटना

अमेरिकी विमानस्थलमा यसरी टर्‍यो अर्को दुर्घटना

वासिङ्टन डीसी : मंगलबार बिहान अमेरिकाको शिकागोस्थित मिडवे विमानस्थलमा पाइलटको सुझबुझले दुई विमान ठोक्किने स्थिति टरेको छ । साउथवेस्ट एयरलाइन्सको विमान विमानस्थलमा अवतरण गर्ने प्रयास गरिरहेको बेला अर्को विमान, च्यालेन्जर ३५० निजी जेट धावनमार्ग पार गर्दै थियो । यतिबेला साउथवेस्ट एयरलाइन्सको विमान जमिनबाट ५० फिट मात्रै माथि थियो । अगाडि अर्को विमान उड्न लागेको देखेपछि पाइलटनले अचानक विमानलाई माथितिर लगे । पछि विमानलाई पाइलटले शिकागो विमानस्थलमा सुरक्षित अवतरण गरे । संघीय उड्डयन प्रशासनले यस मामिलामा अनुसन्धान गरिरहेको छ । दोस्रो विमान अनुमति बिना धावनमार्गमा छिरेको बताइएको छ ।

मिडवे एयर ट्राफिक कन्ट्रोलले निजी जेटका पाइलटलाई रनवेबाट टाढा रहन कम्तीमा नौ पटक चेतावनी दिएका थिए, तर पाइलटले ती निर्देशनहरूलाई बेवास्ता गरेको बताइएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहान ९ बजेको हो ।

पछिल्लो केही हप्तायता अमेरिकामा एक पछि अर्को गर्दै कयौँ विमान दुघर्टना भइरहँदा दुघर्टना टरेको खबर राहतको कुरा बनेको छ । डिसेम्बरको अन्त्यता मात्रै मान्छेहरूको ज्यानै जानेगरी अमेरिकामा पाँच वटा हवाई दुघर्टना भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट