काठमाडौं : अमेरिका र युक्रेन खनिज सम्झौताका शर्तमा सहमत भएको खबर छ । युक्रेनका एक वरिष्ठ अधिकारीको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले खबर सार्वजनिक गरेको हो ।
ती अधिकारीले सहमतिमा कयौँ राम्रा संशोधनहरु परेका भए पनि मस्यौदामा के छ, के छैन भन्ने सन्दर्भमा पूर्ण जानकारी आइनसकेको बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई सुझाव दिंदै सम्झौतामा हस्ताक्षर गर्नका लागि शुक्रबार वाशिंटन डिसीको यात्रा गर्न आमन्त्रण गरेका बताइएको छ ।
ट्रम्पले यसपछि युक्रेनलाई लड्ने अधिकार मिल्ने भनी प्रतिक्रिया समेत दिएका छन् । यता, बेलायीती प्रधानमन्त्री कीर स्टार्मरले रुसी नेता भ्लादिमिर पुटिको आक्रामकता न रोकिएको र जसबाट आफुहरु छुप्न नसक्ने टिप्पणी गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij