Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

अमेरिकामा अटिजम बालबालिकाहरुको सहयोगार्थ डिनर फण्ड रेज (रात्री भोज) 

अमेरिकामा अटिजम बालबालिकाहरुको सहयोगार्थ डिनर फण्ड रेज (रात्री भोज) 

अमेरिका  : अटिजम भएका बालबालिकाहरुको सहयोगार्थ अमेरिकामा डिनर फण्ड रेज (रात्री भोज) हुने भएको छ । सन् २०२४ मा अमेरिकाको कनेक्टिईटमा स्थापना भएको युनिटी फर अटिजमको आयोजनामा डिनर फण्ड रेज (रात्री भोज) हुने भएको हो । अटिजम भएका बालबालिकाको शिक्षा, उपचार र पुनस्र्थापनासँग सम्बन्धित संस्था (विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र काठमाडौँ)मा आश्रित बाबुनानीहरुसगैँ देशभर नै रहेका अटिजम स्कुल र बालबालिकाहरुलाई सहयोग पुराउने उद्देश्यले डिनर फण्ड रेज (रात्री भोज)  गर्ने युनिटी फर अटिजम  संस्थापक तथा कार्यकारी प्रमुख सुस्मा श्रेष्ठले जानकारी दिइन् ।

अटिजम भएका बालबालिकाहरुलाई हेरचाहमा निकै समस्या भएको मैले देखेकी छु उनले भनिन्, उनीहरुलाई सिक्री, डोरीले बाँधेर, कोठामा थुनेर राख्ने गरेको पाइन्छ । यस कारण अटिजम भएका बच्चाहरुलाई समेत उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार र पुनस्र्थापनाबाट सामान्य अवस्थासगैँ दैनिकी मजबुत बनाउन सक्नु नै हाम्रो कार्यक्रमको उद्देश्य हो ।

युनिटी फर अटिजम  २०२४ मा स्थापना भएको अमेरिकाको क्नेकटिक नोम्बेरमा स्थापना भएको र यो पहिलो कार्यक्रम हो । अमेरिकामा छरिएर बसेका नेपालीहरु बिच एकआपसमा सद्भाव, सहकार्य र एकता गर्दै सहयोगीपनको विकास गराउन आफूले यो कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारिन् ।

श्रेष्ठ सन् २०१३ मा श्रीमान्सगैँ अमेरिका रहदै आएकी छिन् ।  उनले आफ्नो कमाईबाट केहि रकम रहेक बर्ष सामाजिक कार्यमा खर्च गर्दै आएका छिन् । उनले आफ्नो सामाजिक कार्यलाई थप मजबुद बनाउदैँ संस्था नै गठन गरि अभियान सुरु गर्न लागेकी हुन् । एक सय डलर प्रवेश शुल्क राखिएको डिनरमा सहभागीले नेपाली खानाका विभिन्न परिकार र लाईभ म्यूजिकसगैँ विभिन्न मनोरञ्जनसगैँ अटिजम भएका बालबालिकाहरुलाई सहयोग समेत गर्न पाउछन् ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट