काठमाडौं : सेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा अडिएको हो । यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात सोमबार ११ अर्ब आठ करोडको कारोबार भएकोमा मंगलबार नौ अर्ब ९० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १८ करोड रूपैयाँ कमी आएको हो।
आज ३१२ वटा धितोपत्रको एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij