Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकामा यूएसआईडीका हजारौं कर्मचारी जबरजस्ती बिदामा पठाइयो

अमेरिकामा यूएसआईडीका हजारौं कर्मचारी जबरजस्ती बिदामा पठाइयो

काठमाडौं : अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यूएसआईडीका अधिकांश कर्मचारीहरूलाई बिदामा पठाएको छ भने कतिपयलाई जागिरबाट हटाएको छ। बीबीसीका अनुसार युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसआईडी) का ४,२०० कर्मचारीलाई बिदामा पठाइएको छ भने कम्तीमा १,६०० कर्मचारीलाई जागिरबाट हटाइएको छ।

हालसम्म यीमध्ये कति कर्मचारीहरूलाई पुनः काममा फर्काइनेछ भन्ने स्पष्ट छैन । ट्रम्प प्रशासन एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी (डोज) योजनाअन्तर्गत संघीय कर्मचारीहरूको सङ्ख्या घटाउने प्रयासमा छ, जसको उद्देश्य सरकारी खर्च कटौती गर्नु हो।

अमेरिकाका एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यस योजनामा रोक लगाएका थिए, तर शुक्रबार उनले यो रोक स्थायी नहुने बताएका छन्। यूएसआईडीको स्थापना सन् १९६१ मा भएको थियो । यसमा पछिल्लो लागत कटौती अघि करिब १०,००० कर्मचारी कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट