काठमाडौं : नेपाल प्रहरीका सहायक हवलदारसहित १० जना कर्मचारी सम्पर्क विहीन भएका छन् ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।
उक्त समयभित्र गैरहाजिर रहनुको कारण खोली जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने चेतावनी दिएको छ ।गैरहाजिर हुनेमा सहायक अबलदार, प्रहरी जवान र कार्यालय सहयोगी छन् ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij