Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अछामकी १२ वर्षीया बालिका बलात्कृत, ५ महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिरियो

अछामकी १२ वर्षीया बालिका बलात्कृत, ५ महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिरियो

अछाम : अछामकी एक १२ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । भारतको गुजरातमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी ती बालिका झण्डै ५० वर्षीय पुरुषबाट बलात्कृत भएकी हुन् ।

तर अहिले पेटमा करिब २५ हप्ता भन्दा बढीको बच्चा रहेको थाहा भएपछि घटना सार्वजनिक भएको छ । चौरपाटी गाउँपालिका घर भएकी ती बालिका अहिले बुवाआमा सँगै घर फर्किसकेकी छिन् ।बलात्कारको घटना बाहिरिएपछि बालिकाका आफन्तहरु अहिले न्यायको खोजीमा भौतारिरहेका छन् । बलात्कारको आरोप लागेका पुरुष अहिले पनि भारतमै छन् ।

घटना बाहिरिएपछि पिडित बालिकाका आफन्तले ती युवकलाई समातेर भारतीय प्रहरीको जिम्मा लगाएका थिए । तर स्रोतका अनुसार ती आरोपित पुरुष दोस्रो दिन त्यहाँबाट भागेका थिए । बलात्कृत बालिका र आरोपित पुरुष फरक-फरक वडाका हुन् ।

ती पुरुषविरुद्ध जिल्ला प्रहरी कार्यालय अछाममा मुद्धा दर्ता भएको छ । केही दिन अगाडी मात्रै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरिसकेको अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।मुद्धा दर्ता भएसँगै अछाम प्रहरीले भारतमा लुकेका उनको खोजी कार्यका लागि विभिन्न प्रयास गरिरहेको छ । बालिकाको अवस्था जटिल बन्दै गएपछि अहिले उनको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट