Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

हमासले आज थप ६ बन्धक रिहा गर्दै, बदलामा इजरायलले ६०२ प्यालेस्टिनी छाड्ने

हमासले आज थप ६ बन्धक रिहा गर्दै, बदलामा इजरायलले ६०२ प्यालेस्टिनी छाड्ने

काठमाडाैं :प्यालेस्टाइनको लडाकु संगठन हमासले ६ जना इजरायली बन्धकलाई आज रिहा गर्ने भएको छ । बदलामा इजरायलले ६०२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

हमासले रिहा गर्न लागेका बन्धकमा एलिया कोहेन, ओमेर शेम टोभ, ताल शोहम, ओमर वेन्कर्ट, हिशाम अल-सयद र एवेरा मेन्गिस्टो रहेका छन् ।

यससँगै इजरायलले इजिप्टको सिमाना हुँदै गाजामा मलबे हटाउने मेसिनहरू लैजान अनुमति दिनेछ।

गत महिना लागू भएको युद्धविराम सम्झौताअन्तर्गत बन्धक र प्यालेस्टिनी कैदीहरूको यो सातौं आदानप्रदान हुनेछ।

हमासले बिहीबार चार इजरायली बन्धकको शव इजरायललाई फिर्ता गरेको थियो । जसमा शिरी बिबास र उनका दुई छोराछोरी एरियल बिबास र केफिर बिबासको थिए ।

चौथो शव ८३ वर्षीय ओडेड लिफिशुट्जको थियो। तर इजरायलले आफूलाई हस्तान्तरण गरिएको शव शिरी बिबासको नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट