Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

फिल्मअघि लामो विज्ञापन देखाउने हललाई १ लाख २० हजार जरिवाना

फिल्मअघि लामो विज्ञापन देखाउने हललाई १ लाख २० हजार जरिवाना

एजेन्सी : फिल्मअघि लामो विज्ञापन देखाएपछि एक फिल्म हललाई १ लाख २० हजार जरिवाना गरिएको छ ।

आफ्नो समय खेर फालेको भन्दै भारतको बैंग्लोरका एक व्यक्तिले भारतीय ठूला सिनेमा चेनहरू पीभीआर आइनक्सलाई जरिवाना तिराएका हुन् ।

‘सामबहादुर’ फिल्म हेर्न गएका अभिषेक एमआरले आफ्नो २५ मिनेट समय खेर फालेको भन्दै ती मल्टिप्लेक्सविरुद्ध उपभोक्ता अदालतमा मुद्दा हालेका थिए ।

फिल्म चल्नुअघि लामो समय विज्ञापन देखाएर आफ्नो समय खेर फालेको भन्दै उनी अदालत पुगेका थिए ।

अदालतले हललाई १ लाख २० हजार भारु जरिवाना तिराएको छ । अभिषेक एमआरले डिसेम्बर २६, २०२३ मा विक्की कौशल स्टारर फिल्म हेरेका थिए ।

न्यायाधीश एम शोभा, अनिता शिवकुमार र सुमा अनिलको संयुक्त इजलासले हलविरुद्धको आदेशमा दर्शकको समयलाई सम्मान गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट