Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आएका छन् । सोमबार बिहान मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । नेपाली सेनाको एनए ०६७ हेलिकप्टर मार्फत प्रधानमन्त्री ओली देउखुरी आएका हुन् । आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रणा गरेका थिए। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको जनाइएको छ। यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभाको बैठकलाई पनि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट