Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुरबाट मेघौली पुग्दा हुने महसुस नै विकासको रफ्तार हो : मेयर रेनु

भरतपुरबाट मेघौली पुग्दा हुने महसुस नै विकासको रफ्तार हो : मेयर रेनु

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबाट ३० मिनेटमै मेघौली आउन सकिने बताएकी छन् । भरतपुर–२८, गोलाघाटमा शुक्रबार आयोजित श्री राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित गोलाघाट स्वागत गेटको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहाले यस्तो बताएकी हुन् ।

‘हिजोका दिनमा मेघौली क्षेत्र विकासका हिसाबले पछाडि परेको थियो । यहाँ आउन, जान असहज थियो’ मेयर दाहालले भनिन्, ‘अहिले बाटो सहज भएको छ । भरतपुरबाट ३० मिनेटमै मेघौली आउन सकिन्छ ।’

मेयर दाहालले हिजो बाटाको कारणले मेघौलीमा पर्यटक कम आउने गरेकोमा अहिले बाटोकै कारण पर्यटकको संख्या बढेको दाबी गरिन् । गोलाघाट आउने पर्यटकहरुसँग अनावश्यक शुल्क नलिन आग्रह गर्दै मेयर दाहालले भनिन्, ‘जिप सफारी गर्दा, जंगल घुम्दा सामुदायिक वनको नियमानुसार शुल्क लिनुहोस् तर गोलाघाट दोभानमा जानेहरुसँग प्रवेश शुल्क नलिनुहोला ।’

मेघौली, पटिहानी र बिसहजारी क्षेत्र नेपालका तीन प्रमुख पर्यटकीय गन्तव्यमा संघीय सरकारले नै राखेको जानकारी दिँदै मेयर दाहालले यो भरतपुरवासीका लागि एकदमै खुसीको कुरा भएको बताइन् ।

भरतपुरमा देशकै सबैभन्दा ठृुलो ८८ किलोमिटरको रिङरोड निर्माणको काम तीव्र गतिमा भइरहेको उनको भनाइ थियो । ‘दस करोड रुपैयाँको लागतमा रिङरोडको काम भइरहेको छ’ दाहालले भनिन्, ‘थप तीन करोड रुपैयाँ बजेट आएको छ रिङरोडको लागि ।’ नारायणीमा तटबन्ध गरेर मेघौलीलाई सुरक्षित बनाइएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट