म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका-४, मुदीको खिबाङ गाउँबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य ।खिबाङ गाउँदेखि चुरेन हिमालसँगै गुर्जा, पुथा, मानापाथीलगायत हिमालहरुसमेत देखिन्छन् ।

धवलागिरि गाउँपालिका-१, गुर्जामा; गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् ।मुदीमा धौलागिरि प्रथमदेखि छैटौँसम्मका धौलागिरि हिमालका चुचुरा रहेका छन भने, यहाँ मानापाथी हिमाल पनि पर्दछ ।