ठोरी : ठोरी गाप २ मा अवस्थित ठोरी जङ्गल रिसोर्ट प्रालिले आफ्नो तेस्रो बार्षिक उत्सव पारेर आइतबार ठोरी २ बाडा गाउँमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ। वक्तृत्वकलाको शिर्षक ’स्थानीय पर्यटनको प्रवद्र्धनमा हाम्रो भुमिका भन्ने बिषयमा रहेको थियो जसमा ठोरीका ५ ओटा सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सरस्वती मावि ठोरीकी छात्रा रोशिका विष्ट प्रथम , नेरा मावि ओडारकी छात्रा भावना खड्का द्वितीय र मावि विजयवस्तीकी छात्रा प्रतिमा श्रेष्ठ तृतीय हुन सफल भएका छन्। प्रथम हुने ले नगद ३१ सय द्वितीय ले २१ सय र तृतीय हुनेले ११ सय साथमा प्रमाणपत्र प्राप्त गरेका छन्। ठोरी जङ्गल रिसोर्टको स्थापना भएको तेस्रो वर्ष पुगेको अवसरमा वक्तृत्वकला कार्यक्रमको आयोजना गरेको हो । यस अघि शनिबार रक्तदान कार्यक्रम गरेको रिसोर्टले सोमबार भोलि विविध कार्यक्रम गरेर वार्षिकोत्सव कार्यक्रमको समापन गर्दैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij