चितवन : ज्याला मजदुरी गर्नेहरूलाई दुई छाक टार्नै धौ–धौ छ । त्यसमाथि परिवारमा कोही बिरामी भए भने कमाई खाने कि बिरामी स्याहारसुसार गर्ने रु कुनै उपाय हुँदैन ।
अस्पतालमा यस्ता थुप्रै बिरामी र कुरुवा आइपुग्छन्, जोसँग उपचार खर्च नहुने मात्र होइन साँझ–बिहानको छाक टार्ने पैसा पनि हुन्न । त्यसैले त उनीहरू बिरामीलाई अस्पतालकै शय्यामा छाडेर ज्याला मजदुरी गर्न दौडिन्छन् ।
यस्तै नियति भोग्न बाध्य कुरुवाहरू भेटिन्छन्, भरतपरअस्पतालमा । चितवनकै सबैभन्दा जेठो अस्पताल नै उनीहरुको आशाको केन्द्र हो, जहाँ उनीहरुले कम खर्चमा उपचार गर्न सक्छन् ।
सोही कारण अब अस्पतालकै पहलमा यहाँ अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना निःशुल्क दिँदै आएको बताएको छ।
अस्पतालको यस्तो निर्णयले टाढाटाढाबाट आएका विपन्न बिरामीलाई राहत पुग्ने अस्पतालले विश्वास लिएको छ। बिरामीका कुरुवाले भोग्नुपरेको भोक मार्नका लागि खेप्नुपरेको दुःख, कष्टमा मलम लगाउनका लागि भरतपुर अस्पतालमा निःशुल्क खाना खुवाउन थालिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij