Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालन, एक क्लिकमा आइपुग्छ उद्धार टोली

कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालन, एक क्लिकमा आइपुग्छ उद्धार टोली

चितवन :  सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आपतकालिन सूचना प्रविधि सञ्चालनमा आएको छ। नारायणगढ–मुग्लिन,मुग्लिन–नौविसे सडक खण्ड र आसपासका क्षेत्रमा हुने विपद्जन्य घटनाबारे नागरिकबाट तत्काल सहयोगको अपिलसहित सुरक्षाकर्मीले जानकारी प्राप्त गर्नका लागि सूचना प्रविधि जडान गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीका अनुसार स्मार्ट मोवाइल भएका कुनै पनि नागरिकले यो प्रविधिको प्रयोगबाट सेवा लिन सकिने छ ।जसका लागि आफ्नो मोवाइलमा लुना जिपिएस नामक एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोडपछि इन्टरनेट विना पनि घटनास्थलबाट सहयोगको अपिलसहित म्यासेज पठाउन सकिने छ ।

सहयोगको अपिलसहित म्यासेज पठाएपछि तत्काल सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जडान गरिएको डिभाइसमा लोकेसनसहित म्यासेज आउने र साइरन बज्ने छ । यसरी प्राप्त जानकारीका आधारमा सशस्त्र प्रहरीले आवश्यकताका आधारमा उद्धार तथा सहयोगका लागि टोलि परिचालन गर्छ । सहयोग चाहिएको व्यक्तिको नाम, सेवाको प्रकार, फोन नम्बर र व्यक्तिको लोकेसन विपद् व्यवस्थापन तालिम केन्द्रमा रहेको लुना आपतकालिन सूचना प्रविधिको स्क्रिनमा देखाउँछ ।

यो सेवा हालका लागि नारायणगढदेखि नौबिसे सडकखण्डसम्म मात्र सञ्चालित रहेको शिक्षालयले जनाएको छ । यस प्रविधिबाट छिटो सुचना प्राप्त हुदाँ विपद्का घटनाबाट हुने थप क्षतीको न्यूनिकरण गर्न सकिने सुचना अधिकारी पुरीको भनाई छ । सुचना अधिकारी पुरीले भन्नुभयो,“विपद्का घटनाबारे कुनै पनि नागरिकले तत्काल लुना एप मार्फत यस शिक्षालमा सहयोग अपिलसहित म्यासेज गर्न सकिने छ ,जसले गर्दा तत्काल उद्धारका लागि सुरक्षाकर्मी घटनास्थलमा चाँडो पुग्न सकिन्छ र सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्न सहयोग पुग्छ ।”  ९८४५९५०३०१

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट