Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनमा एकीकृत समाजवादीमा पहिरो, सयौँ नेताहरू माओवादी केन्द्रमा प्रवेश

चितवनमा एकीकृत समाजवादीमा पहिरो, सयौँ नेताहरू माओवादी केन्द्रमा प्रवेश

चितवन : चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा एकीकृत समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन्। प्रवेश गर्ने सयौँ नेता कार्यकर्तालाई अध्यक्ष दाहालले स्वागत गरेका थिए। न्यौपाने दुई पटक चितवन जिल्ला अध्यक्ष भएर काम गरिसकेका पुराना वामपन्थी नेता हुन् भने उनी हाल एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य रहेका थिए।

माओवादी प्रवेश गर्नेहरूमा एकीकृत समाजवादी चितवन जिल्ला उपाध्यक्ष गङ्गालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरू राजेन्द्र कँडेल, किरण श्रेष्ठ, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, विष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न नेता कार्यकर्ताहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट