Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माओवादीप्रति भरोसा पैदा भयो : प्रचण्ड

माओवादीप्रति भरोसा पैदा भयो : प्रचण्ड

शान्ता अधिकारी, चितवन : पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशैभरी माओवादी केन्द्रको नेतृत्व प्रति भरोसा पैदा भएको बताउनु भएको छ ।

संयुक्त एम्बुलेन्स चालक सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्न शनिबार चितवन आउनु भएका पूर्व प्रधानमन्त्री प्रचण्डले जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा त्यस्तो बताउनु भएको हो ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले नेकपा (एकीकृत समाजवादी)का जिल्ला स्तरीय नेता एवं कार्यकतालाई पार्टीमा स्वागत गर्दै त्यस्तो बताउनु भएको हो । उहाँले पछिल्लो समय माओवादी नेतृत्व र पार्टीप्रति भरोसाका कारण कञ्चनपुर, झापा, मोरङ र रुपन्देहीमा जाँदै गर्दा जनमानसको पार्टीप्रतिको आकर्षणले आफुमा भरोसा थपिएको पनि बताउनुभयो ।

एकीकृत समाजवादी पार्टी छोडेर अरुण पीडित भण्डारी, कृष्णराज न्यौपानेलगायत थुप्रै एकीकृत समाजवादीका नेता एवम् कार्यकर्ताहरूलाई माओवादी पार्टीमा स्वागत गर्दै गर्दा प्रचण्डले यसले पार्टी केन्द्रका नेताहरूसँग आफ्नो सम्बन्धमा कुनै दरार पैदा नगर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट