Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीन दिन घटेपछि सुधारियो नेप्से, विकास बैंक समूहमा उत्साह

तीन दिन घटेपछि सुधारियो नेप्से, विकास बैंक समूहमा उत्साह

काठमाडौँ : तीन दिन घटेपछि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से २४.५० अंकले बढेको हो । योसँगै बजार परिसूचक २६५७.७७ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिनसम्म नेप्से लगातार घटेको थियो । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१०, आइतबार १०.४१ र सोमबार १०.६६ अंकले घटेको थियो ।

मंगलबार बजारमा ९ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । बजारमा मंगलबार १७७ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बजारमा कारोबार भएका सबै उपसूचकको मूल्य मंगलबार बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहमा ४.०७ प्रतिशतले उत्साह आएको छ । मंगलबार बजारमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, त्रिस्टार हाइड्रोपावर र जानकी फाइनान्स, सामुदायिक लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सर्वाधिक कारोबार गर्ने कम्पनी बन्न सफल भयो । कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट