काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरुको सुरक्षा प्रमुख सरोकारको विषय भएको बताएका छन्।४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल सुन्दर मात्र नभई सुरक्षित रहेको महशुस पर्यटकहरुलाई दिलाउनसके मात्रै नेपालमा पर्यटकको संख्या बढ्ने बताए।
उनले पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला भएको बताए। उनले पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव नरहेको भन्दै यसमा सरोकारवाला सबै निकायहरुको सम्मानजनक भूमिका अनिवार्य रहेको बताए।
उनले भने, ‘पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरुको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ। नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भन्ने विश्वास विश्वमाझ आफूलाई चिनाउनसके मात्रै पर्यटन क्षेत्रमा थप आकर्षण बढाउन सकिन्छ। पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशिला हो। पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन। यसका लागि सरोकारवाला सबै निकायहरुको समानजनक भूमिका अनिवार्य छ।’प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गरे। पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij