Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

टिकौली वनको साधारणसभा, वनमन्त्री ऐन बहादुर भन्छन् : मानव र वन्यजन्तु वीचको द्वन्द्व न्यूनिकरणको लागि मन्त्रलायको नयाँ गृहकार्य !

टिकौली वनको साधारणसभा, वनमन्त्री ऐन बहादुर भन्छन् : मानव र वन्यजन्तु वीचको द्वन्द्व न्यूनिकरणको लागि मन्त्रलायको नयाँ गृहकार्य !

चितवन : नेपाल सरकार वनमन्त्री ऐन बहादुर शाही ठकुरीले वर्तमान सरकार विविध समस्या समाधान गर्दै जनतालाई छिटो छरितो सेवा दिन केन्द्रीत भएको बताउनुभएको छ । शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारणसभामा बोल्दै उहाँले बर्तमान सरकार जनताको समस्या समाधान गर्दै छिटो छरितो सेवा दिन केन्द्रीत भएको बताउनुभएको हो । उहाँले वन मन्त्रालयलाई विकास विरोधीको रुपमा मात्रै हेर्ने गरेको गुनासो गर्दै विकासको साझेदारीको रुपमा वन मन्त्रालय अगाडी बढेको बताउनुभयो ।

मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्रहरुमा मानव र वन्यजन्तु वीचको द्वन्द्व पछिल्लो समयमा बढ्दै गएको बताउनु हुदै द्वन्द्व न्युनीकरणको लागि वन मन्त्रलयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले यस समस्याको समधानका लािग अध्ययन गर्न विशेष समिति समेत बनाएको बताउनुभयो ।

कार्यक्रममा टिकौली मध्यबर्ती सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष बुद्धिसेन चौधरीले टिकौली वन भएर बग्ने खगेरी खोला सौराहाको पर्यटनको लाईफ लाईन हुन सक्ने भएकाले यसको विकासका लागि ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले टिकौली वन क्षेत्रमा देखिएका समस्याहरु समेत समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट