Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसअघि बुधबार भने सुनको मूल्य १ लाख ६० हजार रुपैयाँ कायम भएको थियो । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर १ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट