Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

गोरखामा तीन घर जलेर नष्ट, ११ चौपाया मरे

गोरखामा तीन घर जलेर नष्ट, ११ चौपाया मरे

सुलीकोट : उत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ। जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।

बिहीबार साँझ करिब साँढे आठ बजेको समयमा खाना बनाउन लाग्दा ग्याँस चुलोमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको उनले बताए। आगलागीबाट आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको छन्।

त्यही घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घरमा समेत जलेर नष्ट भए शर्माले बताए। घट्नाको जानकारी पाए लगत्तै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट