Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच व्यापारिक सम्झौता

भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच व्यापारिक सम्झौता

पोखरा : भू लक्ष्मी ग्रुप र बी एण्ड बी लेकभ्यू अपार्टमेन्टबीच टेस्ला एयर कण्डिसनर आपूर्तिको सम्झौता भएको छ।पोखराको सेदीमा रहेको प्रिमियम र लक्जरी अपार्टमेन्टका ७१ वटा युनिटका लागि आवश्यक पर्ने एयर कण्डिसनरका लागि बिहिबार भू लक्ष्मी ग्रुपको तर्फबाट कम्पनीका सीईओ किरण आचार्य तथा बी एण्ड बी लेकभ्यू अपार्टमेन्टको तर्फबाट कम्पनीका एमडी स्रोत बिक्रम थापाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

टेस्ला एसीका लागि यो सम्झौता महत्वपूर्ण कोशेढुङ्गाको रूपमा रहेको र यसले टेस्ला एसीको होटल तथा रेस्टुरेन्ट व्यवसायका लागि एउटा नयाँ आतिथ्य स्थापित गर्ने कम्पनीका सीईओ आचार्यले बताउनुभयो ।नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकभ्यूमा बन्न लागेको अपार्टमेन्टका लागि टेस्ला एसी आपूर्ती गर्ने कार्य नमुना परियोजना रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट