Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन

काभ्रे: बेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानास्थित महाभारत सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

हिजो दिउँसो २ बजेबाट आगलागी सुरु भएको थियो ।खानीखोला गाउँपालिका वडा नम्बर १ थामलेख डाँडास्थित सामुदायिक वनमा आगलागी भएको हो ।

आगो वनको भीरमा लागेकाले तत्काल निभाउन सक्ने अवस्था नरहेको प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक रामसागर महतोले जानकारी दिए ।

आगो निभाउने प्रयास भइरहेको उनले बताएका छन् ।आगलागी भएको स्थानबाट ४ किलोमिटरको दूरीमा वस्ती छ । हालसम्म मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट