चितवन : नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारले छिटै ढल्ने संकेत गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै माओवादीको प्रथामितामा सरकारमा नभएको स्पष्ट पारेका हुन् । हाम्रो प्रथामितामा सरकार छैन्, सरकार धेरै जादैन् उनले भने हामी संगठन निर्माणमा छौँ ।
उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै उनले ओली सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावना विरुद्ध काम भइरहेको आरोप लगाए । सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाई थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij