चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का बरिष्ठ उपाध्यक्ष तथा पुर्वमन्त्री विक्रम पाण्डेले धार्मीक स्थलमा हराएका संरचनालाई पहिचान गरि इतिहासलाई खोतल्ने काम भएको बताउनु भएको छ ।
आज (आइतबार) माडी नगरपालिका ३ बैराठ चितवनमा बैराठ जोगी धुनी संरक्षण समितिद्धारा आयोजित श्रीमद्भागवत धनधाञ्याचल सप्ताह ज्ञान महायज्ञमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताउनु भएको हो ।
चितवन क्षत्र नं ३ का सांसद समेत रहनु भएका पाण्डेले धार्मीक स्थल, हराएका संरचनालाई पहिचान गरेर त्यसको उत्खनन गरेर पुर्वजहरुले गरेका धर्म संस्कृति स्थानिय रुपमा खोजेर इतिहासलाई खोतल्ने कामको सुरुवात भएको बताउनु भयो ।
माडी ३ नं वडाका अध्यक्ष पुरन महतो, सुर्दशन गुरु, अन्य धार्मि ब्यक्तीहरु, आदीवासी थारु लगायतले महायज्ञाको पुन्य कर्मको सुरुवात गरेकोमा विशेष धन्यवाद दिनु भएको छ । उहाले सबै मिलेर सनातन धर्मलाई समेटेर अगाडी बढ्ने सिदान्तले पुन्य कामहरु भएको भन्दै खुशी ब्यक्त गर्नु भयो ।
पुजा ब्यबस्थापन समितिका अध्यक्ष मधुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु प्रदेश सांसाद ठाकुर ढकाल, राप्रपा सहमहामन्त्री रिना गुरुङ, माडी नगरपालिका मेयर ताराकाजी कुमारी महतो, उपमेर खेम प्रसाद महतो लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । माघ ६ देखी सुरु भएको श्रीमद्भागवत धनधाञ्याचल सप्ताह ज्ञान महायज्ञ १३ गते सम्म चल्ने छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij