काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो ।
यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँ बढेको छ।भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत राखिएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij