Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा १६०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार छापावाल सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट