Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सातौँ दिनमा घट्यो नेप्से, कारोबार रकम बढ्यो

सातौँ दिनमा घट्यो नेप्से, कारोबार रकम बढ्यो

काठमाडौँ : ६ दिन लगातार बढेको सेयर बजार आज सातौँ कारोबार दिनमा भने दोहोरो अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अङ्कले बजार घट्दा परिसूचक २६३५ बिन्दुमा पुगेको छ ।

बजार घटे पनि कारोबार रकम भने उकालो लागेको छ । आज ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार बाराही हाइड्रो र हिमालयन पावर पार्टनरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज होटल तथा पर्यटन समूहको सूचक ०.९९ प्रतिशतले बढ्यो । अन्य सबै उपसमूहको सूचक घटेको छ । समग्रमा यो साताभर बजार ४४ अङ्कले बढेको छ । आइतबार २५९१ बिन्दुमा रहेको परिसूचक आज २६३५ बिन्दुमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट