काठमाडौं : सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार कारोबार रकमसहित नेप्से परिसूचक ६.५३ अंक बढेको हो।
यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४० करोडको भयो।
गत कारोबार दिन पाँच अर्ब ३८ करोडको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब ४० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब दुई करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०५ वटा धितोपत्रको एक करोड ५५ लाख दुई हजार ७५१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन समृद्धि फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने ६ समूहको बढेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij