Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

देवघाट गाउँपालिकाको गाउँसभा,आर्थिक ऐन र विनियोजन ऐन पारित

देवघाट गाउँपालिकाको गाउँसभा,आर्थिक ऐन र विनियोजन ऐन पारित

देवघाट : देवघाट गाउँपालिकाले आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १५औँ अधिवेशनबाट आर्थिक ऐन (प्रथम संशोधन), विधेयक–२०१ र विनियोजन ऐन (प्रथम संशोधन) विधेयक–२०१ पारित गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा प्रस्तुत ऐन सोमबारको गाउँसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।

त्यसबाहेक सभाका सदस्य यामबहादुर मगरबाट प्रस्तुत गरिएको यसअघिका विभिन्न आर्थिक वर्षहरुमा महालेखा परीक्षकको कार्यालयबाट औँलयाइएका नियमित गर्न सकिने प्रकृतिका बेरूजु रकम नियमित गर्नसमेत सभासमक्ष पेस भएको उनले बताए ।

सभाबाट गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक भुवनसिं गुरूङले हालसम्मको न्यायिक समितिको प्रतिवेदनसमेत पेस गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षको समेत गरी कूल १२ वटा उजुरी दर्ता हुँदा आठ वटा उजुरीउपर कारवाही भएको र तीन वटा उजुरी फछ्र्यौट भएका छन् ।

गाउँसभामा वडा नं.४ का अध्यक्ष मित्रलाल गुरूङ र वडा नं.५ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर शुभकामना मन्तव्य दिएका थिए भने सभाका सदस्य बुद्धिबहादुर पाण्डे र सदस्य सुन्दर भुजेलले शून्य समयमा समसामयिक विषयबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट