Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

४९ अंकले बढ्यो नेप्से, परिसूचक २६४० बिन्दुमा

४९ अंकले बढ्यो नेप्से, परिसूचक २६४० बिन्दुमा

काठमाडौँ : सोमबार सेयर बजार परिसूचक (नेप्से) ४९ अंकले बढेको छ । समग्रमा १.८९ प्रतिशतले बजार बढ्दा परिसूचक २६४०.६८ बिन्दुमा उक्लिएको हो । सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ । सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार कुल २२६ कम्पनीको मूल्य बढ्यो । यसमध्ये आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो । सुपर मादी जलविद्युतको मूल्य ९.७० प्रतिशतले बढ्यो । सोमबार १२ वटा कम्पनीको मात्रै मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सोमबार नेप्सका सबै उपसमूहको सूचक बढेको छ । जलविद्युत्, लगानी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमालगायत समूहका कम्पनीले समग्र बजार बढाउन ठुलो भूमिका खेलेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट