विराटनगर : विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे पाँच महिनामा आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि १५ पुससम्म महानगरले जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् लक्ष्यको २१.०८ प्रतिशत मात्रै संकलन गरेको हो । चालु आर्थिक वर्षका लागि आन्तरिक आयको लक्ष्य एक अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ छ ।
विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय-व्यय प्रस्तुत गर्दै पुस १५ गतेसम्म संघ र प्रदेशबाट प्राप्त भएको बजेटसहित जम्मा एक अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ महानगरले आम्दानी गरेको जानकारी दिइन् ।
चालु आर्थिक वर्षका लागि महानगरले तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरेको छ । सोही बराबर खर्च हुने बजेट प्रस्तुत गरेको महानगरले पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत खर्च भएको छ । कर्मचारीको तलब भत्तासहित चालुतर्फ ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij