Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप

कास्की : दुई दिने राजनीतिक भेटघाटका लागि पोखरामा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी पीडितहरुले भेट्न इन्कार गरेका छन्। कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार दिनभर राजनीतिक भेटघाटमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम हालका सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका सहकारी पीडितलाई भेट्न इन्कार गरेका हुन्।

महामन्त्री थापाले भेट्न इन्कार गरेपछि सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटी फकिएका थिए। सहकारी सम्बन्धि मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको बताइएको छ।

महामन्त्री थापासँग सहकारी ठगीमा रास्वपा सभापतिको प्रमाण खोज्न पुगेका रास्वपा समर्थित सहकारी पीडितहरू र कांग्रेस कार्यकर्ताबीच कांग्रेस कास्की कार्यालय अगाडि केहीबेर हात हालाहाल भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट