काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको बताएका छन् । एमाले केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीले यस्तो उल्लेख गरेका हुन् । उनले प्रचण्डलाई प्रधानमन्त्री बनाएपनि भोलिपल्टदेखि पुरानै चरित्र प्रदर्शन गरेको दाबी गरे।
प्रधानमन्त्री ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारे। तत्कालीन प्रधानमन्त्री प्रचण्डबाट निरन्तर दाउपेचको खेती चलिरहेको र नेकपा एमालेलाई राष्ट्रिय महत्वका विषयमा निर्णय प्रक्रियाबाट अलग्याउँदै जाने, सत्ता समीकरणका लागि अन्य दलहरुसँग समानान्तर रुपमा गुप्त परामर्श गरिरहे पछि पार्टीले नयाँ कदम चालेको प्रतिवेदनमा उल्लेख छ।
भ्रष्टाचार विरुद्धका कार्बाहीलाई समेत माओवादीको दलगत स्वार्थका लागि दुरुपयोग गर्ने काम भएको एमालेको ठहर छ। सत्ताबाट बाहिरिएसँगै माओवादी केन्द्र मिथ्या सङ्कथन निर्माणको प्रयास गरिरहेको ओलीको दाबी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij