Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी

अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी

काठमाडौँ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घ सभापति दुजाङ शेर्पमाथि छानबिन गरी आवश्यक कारबाही गर्न भन्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघ इतर समूहका नेता प्रेमिका रानाको नेतृत्वमा शेर्पाविरुद्ध उजुरी परेको हो ।

उजुरी मार्फत उनीहरूले केन्द्रीय अध्यक्ष शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा वा सङ्गठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गर्ने होटेल तथा रेस्टुरेन्टका बिल तिर्न लगाउने गरेको आरोप लगाइएको छ ।‘काठमाडौँ उपत्यका भित्र रहेका निर्वाचित स्ववियू सभापतिहरूलाई केन्द्रीय कार्यालयको भाडा तिर्न रकम देऊ भन्दै दबाब दिने जस्ता अनैतिक गतिविधिले स्वर्णिम इतिहास बोकेको गरिमामय संस्था नेपाल विद्यार्थी सङ्घको साखलाई धमिल्याउन सङ्गठनको नेतृत्व नै लागिपरेको कुरा अवगत गराउँदछौ‚’ उजुरीमा लेखिएको छ ।

यस्तै जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिकामा विद्यालय पुनः निर्माणको हिसाब सार्वजनिक नगरेको तथा पैसा उठाएर हिनामिना गरेको आरोप लगाइएको छ । ‘तत्काल जय नेपाल कपको नाममा भइरहेको आर्थिक लेनदेन, चन्दा असुली रोक्न र विद्यालय पुनः निर्माणका लागि यस अघि सङ्कलित रकमको हिसाबकिताब सार्वजनिक गरी जाजरकोटमा भूकम्पको समयमा घोषणा गरिएको क्षतिग्रस्त विद्यालय पुनः निर्माणमा जुट्न र सिङ्गो नेविसङ्घ केन्द्रीय कार्यसमितिलाई स्वर्गीय सरिता सिंहको स्मृतिमा जाजरकोटको नलगाडमा राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माणको कार्यमा लगाउन ध्यानाकर्षण गराउँदछौ‚’ उजुरीमा लेखिएको छ । नेविसंघ शेखर समूहका केन्द्रीय सदस्यहरूले केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानालाई आइतबार भेटेर केन्द्रीय कार्यालय निवेदन दर्ता गराएको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट